भारतमा लोकसभा चुनाव अन्तर्गत आज छैठौं चरणको मतदान हुँदै

नयाँ दिल्ली । भारतमा लोकसभा चुनावअन्तर्गत आज छैठौं चरणको मतदान हुँदैछ ।

७ राज्यको ५९ सिटका लागि आज बिहानबाट नै मतदान सुरु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तर प्रदेशको १४, हरियाणको १०, बिहार, मध्य प्रदेश र पश्चिम बंगालको ८÷८, झारखण्ड र दिल्लीको सभै ७ सिटका लागि मतदान भइरहेको छ ।

छैठौं चरणको चुनावबाट समाजवादी पार्टीका पूर्व मुख्यमन्त्री अखिलेश यादव, कांग्रेस नेता दिग्विजय सिंह, दिल्लीका पूर्व मुख्यमन्त्री शिला दीक्षित लगायतका नेताहरुको भाग्यको फैसला हुनेछ ।

यसैबीच पश्चिम बंगालमा मतादान सुरु हुनु अगावै २ जनाको शव मतदान केन्द्रमा बरामद गरिएको छ । भारतीय जनता पार्टी र टीएमसीका कार्यकर्ताबीच भएको झडपको क्रममा दुई जनाको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..