वडा–वडामा सडक र गाउँमा कृषि उत्पादन पहिलो प्राथमिकता

बाजुरा । सुदूरपश्चिम प्रदेश सरकारले सबै वडामा सडक सञ्जाल जोड्ने गरी बजेट विनियोजन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट मार्फत प्रत्येक स्थानीय तहका वडामा सडक र गाउँ गाउँमा कृषि खेतीको अवधारण सहीत बजेट ल्याउन लागेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपड बोहराले बताउनुभयो ।

प्रदेश सरकारको पञ्चवर्षिय योजना र आगामी वर्षको बजेटको परामर्श लिन बाजुरा पुगेका मन्त्री बोहराले उत्पादन र आयआर्जन केन्द्रीत भएर बजेट सार्वजनिक गर्न लागिएको बताउनुभयो । परम्परागत बजेटको ढर्रालाई तोड्दै वैज्ञानिक बजेट ल्याउने र कृषिमा दोब्बरले बजेट बढाउने बोहराको भनाई छ ।

जनताको जीवन र आर्थिक स्रोत संकलनसँग सम्बन्ध राख्ने र युवाहरुलाई गाउँमै स्वरोजगार बनाउने नीति सहितको बजेट आउने उहाँले दावि गर्नुभयो । प्रदेश सरकारले यहि जेष्ठ १ गते बजेट ल्याउने छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..