कर्मचारीको विवरण पठाउन स्थानीय तहको ढिलाई

काठमाडौ । स्थानीय तहले कर्मचारीको विवरण पठाउन ढिलाई गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा चार सय ३६ स्थानीय तहले मात्र रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण बुझाएका छन् ।

मन्त्रालयले गएको वैशाख २० गतेसम्म ७ सय ५३ स्थानीय तहलाई रिक्त दरबन्दी संख्यासहितको विवरण पठाउने भने पनि अहिलेसम्म चार सय ३६ स्थानीय तहले मात्र विवरण पठाएको मन्त्रालयले जनाएको हो ।

ती स्थानीय तहले करीब १२ हजार कर्मचारीको रिक्त दरबन्दी विवरण पठाएको मन्त्रालयका सूचना अधिकारी जिवलाल भुसालले कान्तिपथ डट कमसँग बताउनुभयो । अझै तीन सय १७ स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छैनन् ।

दरबन्दी विवरण नबुझाउने स्थानीय तहलाई ताकेता गरिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहले पठाएको विवरणको अद्यावधिक गर्ने कार्य भइरहेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..