राजपा र समाजवादीबीच एकताबारे छलफल सुरु

काठमाडौ । नवगठित समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग पार्टी एकीकरणका लागि पहल सूरु गरेको छ ।

पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहित पाँच सदस्यीय वार्ता टोलीले आवश्यक छलफल सुरु गरेको हो । राजपासहित विचार र सिद्धान्त मिल्ने दल एवं संगठनलाई एकताका लागि अपिल गरिएको वार्ता समितिका सदस्य रामसहाय यादवले कान्तिपथ डट कमसँग बताउनुभयो ।

नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको पार्टीले जनाएको छ ।

वैशाख २३ गते संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण भएर समाजवादी पार्टी बनेको हो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..