सिन्धुलीका किसान व्यावसायिक खेतीमा

सिन्धुली । सिन्धुलीमा ग्रामीण सडकको पहुँच विस्तार भएसँगै किसानले व्यावसायिक खेतीलाई जोड दिन थालेका छन् ।

वीपी राजमार्ग, मध्यपहाडी राजमार्ग र निर्माणाधीन मदनभण्डारी राजमार्गसँग जोडिएर जिल्लाको विकट ग्रामीण क्षेत्रमा सडक विस्तार भएसँगै किसानले व्यावसायिक खेतीमा जोड दिन थालेका हुन् ।

ग्रामीण क्षेत्रमा सडक सञ्जालको पहुँच विस्तार भएसँगै आफ्नो ठाउँमा उत्पादित बस्तु विक्री वितरण गर्न सजिलो हुने भएपछि व्यावसायिक खेतीलाई जीविकोर्पाजनको पहिलो आधार बनाईएको किसानहरुले बताएका छन् ।

घ्याङ्गलेख गाउँपालिका ५ शान्तेश्वरीका किसान अन्जला तामाङ्गले पहिले कुहिएर जाने इस्कुस, फर्सीलगायतका तरकारीले समेत राम्रो भाउ पाउने गरेको र बजारका लागी व्यपारी गाउँमै गाडी लिएर पुग्ने गरेको बताउनुभयो ।

ग्रामीण कृषि सडक सञ्चालनमा आएपछि तरकारी खेती तथा व्यावसायिक पशुपालनमा लाग्नु भएका सुनकोशी गाउँपालीका मझुवाका किसान पूर्णबहादुर तामाङले उत्पादन गरेका वस्तुहरु बजारसम्म ल्याएर बेच्न सहज भएको बताउनुभयो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..