छैटौँ महिला तथा सातौँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा हुने

काठमाडौ । छैटौँ महिला तथा सातौँ पुरुष राष्ट्रिय विच भलिबल प्रतियोगिता जेठ अन्तिम साता पोखरामा हुने भएको छ ।

नेपाल भलिबल संघको आयोजना र कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगिता जेठ २३ देखि २५ गतेसम्म हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय क्लबका २० महिला र पुरुष गरी ४० टोलीको सहभागिता रहने संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

हरेक प्रदेश र विभागीय टोलीको २/२ टिम रहने संघले जनाएको छ । प्रतियोगिताको महिला र पुरुष विजेताले समान ३० हजार, दोस्रो हुने टोलीले २० हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । संघले यसै प्रतियोगिताबाट खेलाडी छनोट गरेर राष्ट्रिय टोलीको चयन गरिने बताएको छ ।

प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टोलीका खेलाडी समेटेर क्लोज क्याम्प गर्दै राष्ट्रिय टिम बनाइने संघले जनाएको छ । यसै डिसेम्बरमा नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली विच भलिबलको तयारीका लागि संघले प्रतियोगिता गर्न लागेको पनि जानकारी दिएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..