प्रदेश ५ को नाम मगरात स्वायत्त प्रदेश राख्न माग

काठमाडौ । नेपाल मगर संघले प्रदेश ५ को नाम मगरात स्वायत्त प्रदेश राख्न माग गरेको छ ।

प्रदेशको नाम मगरात स्वायत्त प्रदेश राख्न माग गर्दै मुख्यमन्त्री शङ्कर पोखरेललाई ११ लाख ७ सय ३६ जनाको हस्ताक्षर पनि बुझाएको छ ।

प्रदेश ५ मा मगर समुदायको जनसंख्या सबैभन्दा धेरै भएको र आदिमकालीन नामसमेत भएकाले मगरात राख्न माग गरिएको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबिन रोका मगरले जानकारी दिनुभयो ।

संघले रुकुम पूर्वदेखि पाल्पासम्मको मगर समुदायको बाक्लो वस्ती भएका क्षेत्रलाई समेटेर मगरात स्वायत्त क्षेत्र घोषणा गर्नसमेत माग गरेको हो ।

२०६८ को जनगणना अनुसार प्रदेश ५ मा मगरको जनसङ्ख्या ७ लाख एक हजार पाँच सय ८६ छ । मगर संघले प्रदेश ५ को कुल जनसङ्ख्याको १९ प्रतिशत मगर रहेको दावी गरेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..