प्रदेश नम्बर २ मा भोलि सार्वजनिक विदा

काठमाडौ। जानकी नवमीको अवसर पारेर प्रदेश २ मा भोलि सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेश २ सरकारले जानकी नवमीको अवसर पारेर प्रदेशभित्र सार्वजनिक बिदा दिएको हो । यस पटकको जानकी नवमीलाई जनकपुर धाममा महामहोत्सवको रूपमा मनाइँदैछ ।

सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरूले सहभागिता जनाउने छन् ।

वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ । राम नवमीको एक महिनापछि सीता नवमी पर्छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..