बर्डफ्लुको हल्लाले बिचौलियालाई फाइदा, कुखुरापालक र उपभोक्ता मर्कामा

काठमाडौ । बर्ड्फ्लुको हल्लाले कुखुरापालक र उपभोक्ता मर्कामा परेका छन् । गत १९ वैशाखमा स्वास्थ्य मन्त्रालय बर्डफ्लुबाट मान्छेको मृत्यु भएको भनेर पत्रकार सम्मेलन गरी जानकारी गराएपछि कुखुरापालक किसान मर्कामा परेका हुन । बर्डफ्लुले मान्छे मरेको समाचार बाहिर आएपनि कसैले कुखुराको मासु खान भने छोडेका छैनन् ।

बर्डफ्लुको अफवाह फैलाईपछि त्यसको फाइदा विचौलियाले लिएका छन् । किसानले उत्पादन गरेको कुखुरा र अण्डा किसानबाट सस्तो मूल्यमा खरिद गर्ने र उपभोक्तालाई महँगो मूल्य विक्री गर्ने गरेका छन् । बजारमा अण्डा र मासुको मूल्य सस्तो भएको भन्दै किसानबाट सस्तोमा खरिद ल्याउने र बजारमा भने पहिलेकै मूल्यमा बिक्री गर्ने गरेका हुन् । यो समाचार कौशिला कुँबरले लेखेकी हुन् ।

अखिल नेपाल कुखुरा पालक किसान संघका अध्यक्ष गणेश कुँवरले बर्डफ्लुको अफवाहले साना किसानलाई ढाड सेकाउने चलखेल भएको आरोप लगाए । एक महिना अघि मृत भएका मान्छेलाई एक महिना पछि आएर पत्रकार सम्मेलन गर्नु भनेको ठूला व्यवसायी र सरकारको नै चलखेल भएको उनको भनाइ छ ।

‘यदि सो व्यक्ति बर्डफ्लु लागेर वितेको हो भने किन त्यो समयमा बाहिर ल्याएन । सरकारले बर्डफ्लु लागेर मृत्यु भएको मान्छेको पूरा जानकारी नै गरेर किन बाहिर ल्याइयो । यो भनेको ठूला व्यवसायी, सरकार विचौलियले मिलेर साना किसानको व्यवसायलाई धराशायी गरेको हो,’ अध्यक्ष कुँवरले बताए ।राजधानी दैनिकमा खबर छ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..