औषधि व्यवस्था विभागको फाइल अख्तियारको नियन्त्रणमा

काठमाडौ । अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभागमा छापा मारेको छ । विदेशी औषधि उद्योगको निरीक्षण र विशेष सिफारिसमा व्यापक अनियमितता गरेको भन्दै अख्तियारले विभागका महत्त्वपूर्ण केही फाइल नियन्त्रणमा लिएको जनाएको छ ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले औषधिको आयात अनुमति, उद्योग दर्ता र उद्योगको अनुगमनमा अनियमितता भएको उजुरीका आधारमा छानबिन भइरहेको जानकारी दिए । ‘छानबिनमा सहयोग पुग्ने केही कागजपत्र नियन्त्रणमा लिइएको छ,’ उनले नयाँ पत्रिकासँग भने । छानबिन भइरहेकाले नतिजा आउन केही समय लाग्ने उनको भनाइ छ ।

औषधि व्यवस्था विभाग (डीडीए)ले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) औषधि उत्पादन कुशल अभ्यास (जीएमपी) मापदण्ड पूरा नगरेको देखिएको छ । भारतीय औषधि कम्पनी ओजन फर्मास्युटिकल्सको आयात अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा अनियमितता गरेको आरोप डीडीएमाथि लागेको छ ।

डब्लूएचओ जीएमपी कम्प्लाई नभएको औषधि उद्योगको लाइसेन्स रद्द गर्नुपर्नेमा डिडिएले जनस्वास्थ्यमा गम्भीर खेलवाड गर्दै ओजनको लाइसेन्स नवीकरण गरेको तथ्य फेला परेकाले छानबिन भइरहेको अख्तियार स्रोतको भनाइ छ ।नयाँ पत्रिका दैनिकमा खबर छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..