आज पनि देशभर वर्षा हुने, वर्षा मंगलबारसम्म जारी रहने

काठमाडौ । आज देशभर वर्षा हुनेछ भने देशको पश्चिम भूभागमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले वर्षा मंगलबारसम्म जारी रहने जनाएको छ।

सो शाखाका अनुसार काठमाडौ उपत्यकामा हल्का वर्षा हुनेछ भने पहाडी भेगमा चट्याङ पर्ने संभावना रहेको छ । त्यस्तै तराईका विभिन्न भागमा हावाहुरी आउने संभावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

बैशाख ३० गते (सोमबार):
दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन वर्षाको सम्भावना रहेको छ । मध्य क्षेत्रका केहि स्थानहरूमा र पूर्वी तराईमा हावाहुरी को सम्भावना छ।
राति: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका पहाडी भू-भागहरू र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख ३१ गते (मंगलबार):
दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राति: देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

जेष्ठ ०१ गते (मंगलबार):
दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
राति: देशभरि आंशिक देखि सामान्य बदलि रही देशका पहाडी भू-भागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..