पूर्वबजेट संसदमा छलफल आज पनि जारी रहने

काठमाडौ । पूर्वबजेटका विषयमा संसदमा छलफल जारी रहेको छ । सांसद्हरुले रणनीतिक पूर्वाधारका योजनासँगै रोजगारी र उत्पादन वृद्धिमा बजेट केन्द्रित गर्न सुझाव दिएका छन ।

हिजोबाट सुरु भएको छलफल आज पनि जारी रहनेछ । हिजो पूर्व अर्थमन्त्रीहरूसहित सांसदले सुझाव दिएका थिए । सांसदहरुले तीनै तहबीच समन्वय हुनेगरी कार्यान्वयन खालको बजेट ल्याउन सुझाव दिएका छन् ।

पहुँचवालाको क्षेत्रमा मात्रै बजेट जाने कुरालाई सांसदहरुले सचेत गराएका छन् । संसदमा धारणा राख्ने अधिकांश सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र र जिल्लालाई प्राथामिकतामा राखेर बजेट ल्याउन सरकारसँग माग गरेका छन् ।

सत्ता पक्षका सांसदहरूले सरकारको बचाउ गर्दै आफ्नो क्षेत्रमा बजेट माग गरिरहेका छन् । विपक्षी सांसदले भने आलोचनात्मक रूपमा विचार राख्दै आएका छन् । सडक, विजुली, पिउने पानी, किसान र कृषि उत्पादनलाई प्राथामिकतामा राखेर बजेट ल्याउनुपर्ने सुझाव सांसदहरूको छ ।

यसअघि बजेटमा हुने गरेको अनियमितता र योजना विहीनताको अवस्था अन्त्य गरिनुपर्नेमा पनि उनीहरूको जोड छ । आज पनि सांसदहरुले बजेटको छलफलमा भाग लिन नाम लेखाएका छन् । संसदको बैठक बिहान ११ बजे बोलाइएको छ ।

संसदमा भएको छलफलमा आएका सुझावलाई आत्मसात गर्दै बजेट ल्याउने अर्थमन्त्री युवराज खतिवडाको आश्वासन छ । संविधान अनुसार सरकारले आउँदो जेठ १५ गते आर्थिक वर्ष २०७६÷७७ को बजेट सार्वजनिक गर्नेछ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..