
काठमाडौ । म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि हात पारेको छ । गयराति भएको लिगको अन्तिम खेलमा ब्राईटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले लिग उपाधि हात पारेको हो ।
सिटीको जितपछि उपाधि यात्रामा रहेको लिभरपुलले भने उपविजेतामा चित्त बुझाएको छ । सिटीको बराबरी वा हारले उपाधि लिभरपुलले जित्ने सम्भावना थियो ।
तर, अन्तिम खेलमा समेत गोल वर्षा गर्दै सिटी उपाधि रक्षा गर्न सफल रह्यो । सिटीले ९८ अङ्क सहित लिग उपाधि हात पारेको हो ।