सत्यमोहन जोशी एक सय वर्ष, ललितपुरमा विषेश कार्यक्रम

काठमाडौ । संस्कृतिविद सत्यमोहन जोशीको आज सय वर्ष पुग्नु भएको छ ।

जोशीको एक सयौं जन्मोत्सवमा आज ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दैछ । जोशीलाई बग्गीमा राखेर ललितपुरको मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पु-याउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।

जोशीको एक सयौं जन्मोत्सव भव्यताका साथ मनाउन ललितपुर महानगर र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेका छन् ।
बिहान साढे ११ बजे ¥याली सुरु हुनेछ । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुने कार्यक्रम रहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यान्डहरु पनि जन्मोत्सवमा सहभागि रहनेछन् । पाटनवासीले काः बाजा, धीमे बाजा, नेकु बाजालगायतका ४० प्रकारका परम्परागत बाजा बजाउने छन् ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..