समाजवादी पार्टी, राजपाबीच एकीकरणका लागि छलफल सुरु

काठमाडौ । नव गठित समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ ।

लामो समय रोकिएको छलफल फेरि सुरु भएको नेताहरुले बताएका छन । पहिलो चरणमा अनौपचारीक छलफल सुरु भएको र लगत्तै औपचारीक वार्ताबाट निस्कर्षमा पुग्ने समाजवादीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण भई समाजवादी पार्टी, नेपाल बनेपछि वार्ता समिति गठन गरेर छलफल शुरु भएको उहाँले जानकारी दिनुभयो ।

श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । राजपा नेपालका नेताहरूसँग अनौपचारिक कुराकानी शुरु भएको र सकारात्मक रुपमा अगाडि बढेको बताउनुभयो । उहाँले राजपा नेपाल पनि एकीकरणप्रति सकारात्मक रहेको जानकारी दिनुभयो ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारबाट बाहिरिनु पर्ने सर्तमा आफूहरु अडिग रहेको बताउनुभयो । आज पनि अनौपचारीक कुराकानी हुने नेताहरुले बताएका छन ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..