चीनबाट रेल आउने विषय सपना होइन, हाम्रै जीवनकालमा रेल आउँछ : प्रचण्ड

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही वर्ष भित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दाबी गरेका छन्। अध्यक्ष प्रचण्डले चीनबाट नेपालमा रेल आउने कुरा अव सपनाको विषय नरहेको उल्लेख गरे।

विभूति सीता जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरु जीवित रहँदा रहँदै काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भइसकेको उल्लेख गर्दै त्यसलाई लुम्विनीसम्म लैजाने योजना तय गरिएको बताए।

उनले चीनको ल्हासा हुँदै काठमाडांै र काठमाडौंबाट लुम्विनीसम्म रेल संचालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने बताए। अध्यक्ष प्रचण्डले लुम्विनी–पशुपति–जनकपुरलाई जोडने एउटा सर्किट दशेभित्रै बन्न जरुरी रहेको बताए।

उनले नेपाल र भारत दुवै मुलुकको शक्तिपीठहरुलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर दुवै मुलुकको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको बताए।

‘दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि ल्याउने गरी दुवै देशका शक्तिपीठहरुलाई जोडेर एउटै शक्ति पीठ सर्किट बनाउने योजनाका साथ दुवै देशका विद्धानहरुलाई सम्भाव्यता अध्ययन गर्ने कामको जिम्मेवारी दिइएको छ,’ उनले भने, ‘यसलाई सम्भव बनाउन सके नेपालको धार्मिक पर्यटन क्षेत्रको विकासमा एउटा क्रान्ति नै आउने र दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि छाउनेछ।’

अध्यक्ष दाहालले आफूले पछिल्लो पटक भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शक्तिपीठ सर्किट निर्माणको विषयलाई जोड दिएर छलफल गरेको पनि स्मरण गराए। त्यस अवसरमा अध्यक्ष प्रचण्डले राष्ट्रिय विभूतिद्वय भृकुटी र सीताको महत्वलाई उजागर गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने बताए।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..