
काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशी सय वर्षमा प्रवेश गरेका छन्। जोशीको एक सयौं जन्मोत्सवमा सोमबार लतिलपुर महानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरेको छ।
जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि इटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्याइ नगर परिक्रमा गराइएको छ। जोशीको एक सयौं जन्मोत्सव भव्यताकासाथ मनाउन ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक विदाको घोषणा गरेका छन्।
जोशीलाई सरकारले ९५ वर्षको उमेरमा नै शताब्दी पुरुष घोषणा गरिसकेको छ। उमेरले सय वर्ष लागे पनि उनमा अझै युवा जोश नै भरिएको देखिन्छ। यो उमेरमा पनि उनले कुनै किसिमको औषधि सेवन गर्दैनन्।
उनको औषधि भनेको योग र ध्यान भैरहेको छ। सय वर्षमा प्रवेश गरेका उनले यो उमेरसम्म आइपुग्दा विभिन्न योगदान र उप्लब्धी हाँसिल गरेका छन्।
शताब्दी पुरुष जोशीकोे वि।स। १९७७ साल बैशाख ३० गते भएको हो। उनी ललीतपुरको बखुम्बहालमा जन्मिएका थिए। उनले काठमाडौंको त्रिचन्द्र कलेजबाट बि।ए।सम्मको अध्ययन गरेका छन्।
त्यस्तै उनलाई काठमाडौं विश्वविद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। उनी वि।स। २०१५ सालमा पुरातत्व विभागका पहिलो निर्देशक बनेका थिए।
त्यस्तै उनी ५ वर्ष गोरखापत्रका पत्रकारका रुपमा काम गरेका थिए। उनले २००१ सालदेखि २००६ सालसम्म पत्रकारको रुपमा लमजुङ र तनहुँका गाउँहरुमा पुगेका थिए।