अवैध लागूऔषध चरेश सहित २ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध चरेश सहित २ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३ बस्ने ४३ वर्षीय राजु श्रेष्ठ र मकवानपुर थाहा नगरपालिका-८ बस्ने रेवा पुरी रहेका छन् ।

श्रेष्ठलाई लागूऔषध चरेश करिब ४.५ ग्राम सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानको पार्किङ एरियाबाट र पुरीलाई लागूऔषध चरेश करिब ३ सय ८० ग्राम सहित काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित सडकबाट प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो पक्राउ परेका श्रेष्ठले उक्त लागूऔषध आफूलाई पुरीले दिएको बताएपछि खोजी गर्ने क्रममा सोमबार बिहान पुरीलाई समेत प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..