संरक्षति बन्यजन्तु कस्तुरीको वीना जस्तो बस्तु सहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ भगवानबहालबाट करिब २१ ग्राम तौल भएको संरक्षित वन्यजन्तु कस्तुरीको वीना जस्तो बस्तु १ थान सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्याङजा भिरकोट गाउँपालिका-३ का ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभा मकालु गाउँपालिका-३ का ३८ वर्षीय ईन्द्र कुमार राई र संखुवासभा मकालु गाउँपालिका-३ का २८ वर्षीय सन्देश अछामे रहेका छन् ।

वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो । उक्त स्थानमा संरक्षित वन्यजन्तुको कस्तुरीको वीना जस्तो वस्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ उक्त ब्यूरोबाट प्रहरी टोली खटिएको थियो ।

पक्राउ तीनै जनालाई आवश्यक कारवाहीको लागि गत शुक्रबार डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको सो ब्यूरोले जनाएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..