९ घण्टाको अवधिमा छुट्टाछुट्टै सवारी दुर्घटना परी ६ जनाको मृत्यु

काठमाडौं । करिब ९ घण्टाको अवधिमा भएका ५ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान २:४० बजेदेखि ११:५० बजेसम्मको सो अवधिमा नबलपरासी(पश्चिम), महोत्तरी, रुपन्देही र रौतहटमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको छ ।

दुर्घटनामध्ये नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-१६ बकेनवास्थित सडकमा लु.१ ख ७७११ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री सरावल गाउँपालिका-५ दुबौलिया बस्ने कम्लेश यादवको ९ वर्षीय छोरी प्रिती यादवको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-१२ शान्तीचौरस्थित सडकमा ना.३२ प ९०१३ नम्बर र ना.२९ प ५६४७ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ना.२९ प ५६४७ नम्बरको मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । ना.३२ प ९०१३ नम्बरको मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोतरी, बर्दिबास नगरपालिका-४ स्थित सडकमा रोकी मर्मत गर्दै गरेको बा.५ ख ४२२२ नम्बरको टिपरलाई ना.६ ख ३०२० नम्बरको ट्रकले ठक्कर दिँदा टिपर चालक सिन्धुली भिमस्थान बस्ने २४ वर्षीय दिनेश मानन्धर र सहचालक २५ वर्षीय नबिन मोक्तानको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रक चालक ४२ वर्षीय नवराज राउत र ट्रकमा सवार ३५ वर्षीय रमेश मानन्धरलाई उपचारको लागि शुभ स्वस्तिक अस्पताल बर्दिबास लगिएकोमा रमेश मानन्धरलाई थप उपचारको लागि काठमाडौंतर्फ लगिएको छ ।

यसैगरी रुपन्देही मायादेवी गाउँपालिका-४ रम्वापुरस्थित सडकमा लु. १ क ३३७५ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री कोटईमाई गाउँपालिका-४ बयरघाट बस्ने १७ वर्षीय गोलू कहारको मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रौहतट गरुडा नगरपालिका- ८ जिगडियास्थित सडकमा जेएच ०६ सि १००१ नम्बरको स्कारपियो गाडीको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ४० वर्षीया सहना खातुनको मृत्यु भएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको हेल्थल्याण्ड अस्पताल गरुडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त गाडी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालक समेत अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..