पूर्व बजेटमाथिको छलफल जारी, आज कस्ले के भने ?

काठमाडौ । अर्थमन्त्री डा.युवराज खतिवडाले गएको शुक्रबार संसदमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटको नीति तथा सिद्धान्त र प्राथमिकतामाथिको छलफल संघीय संसदका दुवै सदनमा आज पनि जारी रह्यो ।

छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरुले राम्रा कार्यक्रमहरु समेटेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता बनाइएको भन्दै विकासका प्रयासहरुमा जनप्रतिनिधिको भूमिका र सहकार्यका साथ अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

पूर्व अर्थमन्त्री एवं सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले सीमित स्रोतसाधन र असीमित जनआकांक्षा बीचको सन्तुलन मुख्य चुनौती रहेकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेता पौडेलले विकासको बाधकको रुपमा रहेको सार्वजनिक खरिद ऐनलाई समयअनुकुल संशोधन गर्ने गरी सकारात्मक ढंगले बजेटका सिद्धान्त र प्राथमिकता आएको धारणा राख्नुभयो ।

नेकपाकै सांसद धनश्याम भुसालले सीमान्तकृत वर्ग र निम्न आय भएका जनता केन्द्रीत गरेर बजेट ल्याउनुपर्ने धारणा राख्नुभयो ।

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले राजनीतिक आग्रह र पूर्वाग्रह राखेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आएको भन्दै सच्याउन माग गरेका छन् । तीव्र आर्थिक वृद्धि, खर्च गर्ने क्षमताको विकास गर्ने, स्वदेशी लगानी बढाउने र विदेशी लगानी भित्र्याउने खाका सरकारले दिन नसकेको उनीहरुको टिप्पणी छ ।

बजेटका नीति तथा सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा संसदमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिएपछि नीति तथा सिद्धान्त र प्राथमिकता संसदबाट पारित हुनेछ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..