बेटी पढाऔं, बेटी बचाऔं अभियानको प्रशंसा

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा गर्नुभएको छ ।

सीता नवमीको अवसरमा प्रदेश २ को राजधानी जनकपुर पुग्नुभएका राष्ट्रपति भण्डारीले जानकी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा अभियान सही ढँगले अगाडि बढिरहेको भन्दै प्रशंसा गर्नुभयो ।

राष्ट्रपति भण्डारीले अभियानलाई सामाजिक चेतना र जागरणको महत्वपूर्ण पाटोको संज्ञा समेत दिनुभयो । तराई, मधेस कृषि क्षेत्र भए पनि उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखद भएको राष्ट्रपति भण्डारीको भनाइ छ ।

राष्ट्रपति भण्डारीले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम र स्थानीय श्रोत र साधनको भरपूर उपयोग गरेर आर्थिक समृद्विमा लाग्न सबैसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीलाई संघीय सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने धारणा राख्नुभयो । प्रदेश सरकारले प्रादेशिक रुपमा मनाउँदै आज विदा समेत दिएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..