सांसदहरुका रचनात्मक सुझावलाई बजेटमा समावेस गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राष्ट्रियसभा सदस्यहरुबाट आएका रचनात्मक सुझावलाई बजेट निर्माणका क्रममा आधार बनाइने विश्वास दिलाएका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आगामी बर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा उठेका जिज्ञासाको जवाफ दिदै उनले उपयुक्त सुझावहरुलाई बजेट निर्माणको आधार बनाउने बताए ।

स्थानीय पुर्वाधार विकासका सन्र्दभमा उठेका जिज्ञासाहरुलाई मनन गरिएको भन्दै मिलाउन सक्ने विषयलाई विधिवत ढंगले समावेश गरिने उनले बताए । कोरा अर्थशास्त्रले मात्रै मुलुक नबन्ने भएकाले सिद्धान्तलाई व्यवहारिक ढंगले कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिए । विकृति हटाउने नाममा राम्रो प्रणाली फाल्न नहुने भन्दै उनले सामुहिक प्रणालीमा देखिएका समस्या समाधान गर्दै वित्तिय प्रणालीलाई विकास गर्दै लैजानुपर्ने बताए ।

छोटो अवधिमा वित्तिय संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बाँडफाँडको विषयमा अधिकांश कुराहरु भएको र आवश्यक कानुनहरु बनेको भन्दै उनले वित्तिय संघीयता कार्यान्वयन पुर्ण नभएपछि उल्लेख्य मात्रामा अघि बढेको स्पष्ट पारे ।

संघीयता कार्यान्वयनमा सरकार अघि बढ्ने भन्दै त्यसमा कुनै पनि प्रकारको शंका नगर्न पनि उनले आग्रह गरे । संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र परिपुरक भुमिका अनुसार नै आर्थिक र राज्य प्रणाली सञ्चालन हुनेमा उनले विश्वस्त पारे ।

उनले नेपालको विकासमा सहयोग गर्ने अन्तराष्ट्रिय निकायको भुमिकालाई पनि विर्सन नहुने भन्दै अन्तरसम्बन्धीत रहेर चनाखो भई सोही आधारमा बजेटका सिद्धान्त र प्राथमिकता तय गरिनुपर्ने बताए । उनले राष्ट्रिय पूँजी निर्माण नगरी राष्ट्रिय सवल अर्थतन्त्र निर्माण नहुने भएकाले राष्ट्रिय बचत गर्ने क्षमता र राष्ट्रिय उत्पादनलाई परिचालन गर्ने क्षमता वृद्धि गरि न्यायिक समाज र सवल अर्थतन्त्र निर्माण गर्दै जानुपर्ने सोच अनुसारको सिद्धान्त र प्राथमिकतामा बजेट अघि बढ्ने स्पष्ट पारे ।

उनले क्षेत्रगत भन्दा पनि नीतिगत, कार्यक्रमिक, परियोजना र आयोजनागत प्राथमिकताका आधारमा बजेटका प्राथमिकताहरु तय हुने बताए ।

साधन स्रोत तथा राजश्वको बांडफाँड लगायतलाई मानवविकास सुचांक लगायतका आधारमा क्षेत्रिय सन्तुलन कायम गर्ने तर्फ सरकार गम्भीर रहेको बताए । उनले बैदेशिक रोजगारीलाई निरुत्साहीत गर्दै बिप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन, बचत र आफ्नै राष्ट्रिय पूँजीबाट संचालित हुने अर्थ प्रणाली तर्फ लैजान सके आयातमुखी भनिएको अर्थतन्त्रमा सुधार आउने भएकाले यसलाई प्राथमिकता दिइने बताए ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..