राजधानीमै पत्रकार मिनाको गोलि हानी हत्या !

काठमाडौँ । अफगानिस्तानका एक चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको गोली हानी हत्या भएको समाचार छ ।

अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गरेको बताएका छन् ।

उनीहरुले हत्यारालाई कारबाही माग गर्दै यस्ता हत्याका घटनामा संलग्नहरुलाई कानुनबमोजिम कारबाहीका लागि माग पनि गरेको बताइएको छ ।

विगतमा उनि टेलिभिजनमा कार्यरत थिइन् । पत्रकार मिना मङ्गलकाे राजधानी काबुलमा शनिबार दिउँसो गोली हानी हत्या गरिएको थियो ।

उनी राजनीतिमा पनि सक्रिय थिइन् । उनी राजनीतिक सल्लाहकारको रुपमा कार्यरत थिइन् । अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकार मङ्गलका हत्यारालाई पक्राउ गरी कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अफगान प्रहरीले अनुसन्धान थालेको बताए पनि उनको हत्यामा संलग्न को हुन् भन्ने बारेमा भने अझै प्रस्ट भइनसकेको बताईएको छ ।

अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा कार्यरत संघ संस्था, सर्वोच्च अदालत, महिलाविरुद्धका हिंसासम्बन्धी आयोग र नागरिक समाजका प्रतिनिधिहरुले यस हत्याबारे गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् ।

त्यहाँबाट प्राप्त एक समाचारमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा कार्यरत रहेकै बेलामा मङ्गललाई शनिबार गोली हानिएको थियो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..