काजमा बाेलाइएका ११ न्यायाधीशलाई न काम न कारबाही

काठमाडौ । जिम्मेवारीबाट मुक्त बनाई न्याय न्याय परिषद् सचिवालय तानिएका विराटनगर उच्च अदालतका मुख्य न्यायाधीशसहित ११ न्यायाधीश तीन महिनादेखि कामविहीन छन्।

उनीहरूलाई कारबाही पनि भएको छैन। न्यायसम्पादनका क्रममा त्रुटि भेटिएपछि उनीहरूलाई न्याय परिषद् तानिएको थियो। उजुरी परेपछि र सूक्ष्म अनुगमन समितिको प्रतिवेदनका आधारमा उनीहरू न्याय परिषदमा बोलाइएका थिए। न्यायपालिकाका विकृति अन्त्य गर्ने प्रतिबद्धता गरेका प्रधानन्ययाधीश चोलेन्द्रशमशेर जबराले उनीहरूलाई काजमा तानेका हुन्।

सुरुमा विराटनगर उच्च अदालतबाट मुख्य न्यायाधीशसहित आठ न्ययाधीश न्याय परिषद् तानिएका थिए। साढे ३३ किलो सुन प्रकरणसम्बन्धी मुद्दाको न्याय सम्पादनका क्रममा त्रुटि देखिएको भन्दै उच्च अदालत विराटनगरका मुख्य न्यायधीश कुलरत्न भुर्तेलसहित न्यायाधीशहरू साधुराम सापकोटा, जनक पाण्डे, नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल काजमा तानिएका छन्।

त्यसैगरी काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँ पनि न्याय परिषदमा आएर हाजिर गरेर फर्किने गरेका छन्। ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्याय पनि काजमा सीमित छन्। नागरिक दैनिकमा खबर छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..