३० लाखमा आँखाको समस्या, विशेषज्ञ ३२५ मात्रै

काठमाडौ । हाल नेपालमा ३० लाख नागरिक आँखासम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित छन्।

विश्व स्वास्थ्य संगठन र आँखारोग विशेषज्ञहरूको अनुभवले कुल जनसंख्याको १० प्रतिशत आँखाको समस्याबाट ग्रसित भएको देखाउँछ।तर, सरकारले आँखा कार्यक्रमका लागि बजेट विनियोजन गर्न सकेको छैन।

सरकारले आँखासम्बन्धी कार्यक्रम ठोस रूपमा सञ्चालन गर्न नसकेको नेत्ररोग विशेषज्ञहरू बताउँछन्। सरकारले विगत पाँच महिनादेखि क्यान्सर रोगीहरूलाई दिँदै आएको एक लाख आर्थिक सहायतासमेत रोक्का गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले क्यान्सर रोगीलाई दिइँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता बजेटको अभावमा पाँच महिनादेखि रोक्का गर्नुपरेको बताइन्। बजेटको अभाव भएकाले सरकारले हाललाई आँखाका क्यान्सर रोगीहरूको सूची तयार पार्ने काम स्थगित गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर ३२५ नेत्ररोग विशेषज्ञ कार्यरत छन्। नेत्ररोग विशेषज्ञ डा. बेन लिम्बुका अनुसार वर्षमा एकपटक मात्रै आँखाको चेकजाँच गर्ने हो भने पनि आँखासम्बन्धी समस्या भएकाको संख्या बढ्ने देखिन्छ। डा. लिम्बुले भने, ‘सरकारले आँखालाई स्वस्थ्य राख्न कार्यक्रमहरू विशेष रूपमा अघि लैजानुपर्छ।

र, पर्याप्त मात्रामा सामुदायिक आँखा अस्पताल स्थापना गर्नुपर्छ।’ अहिले देशभर १२ देखि १५ जना मात्रै सरकारी नेत्ररोग विशेषज्ञ छन्। ती नेत्ररोग विशेषज्ञहरू नेत्रज्योति संघको समन्वयमा सेवाप्रवाह गरिरहेका छन्। राजधानी दैनिकमा खबर छ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..