पूर्व बजेटमाथिको संसदमा छलफल आज सकिने, आजै अर्थमन्त्रीले जवाफ दिने

काठमाडौ । प्रतिनिधिसभामा जारी पूर्व बजेटमाथिको छलफल आज सक्ने तयार सङ्घीय संसद् सचिवालयले गरेको छ ।

आज केही सांसदले पूर्वबजेटका बारेमा आआफ्नो विचार राखिसकेपछि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिनुहुने छ । आजको बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

सांसदहरूले शिक्षा, स्वास्थ्य र रोजगारीमा केन्द्रित रहेर बजेट ल्याउन सरकारलाइ सुझाव दिएका छन् । हिजोको छलफलमा भाग लिदै सांसदहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र विकासलाई ध्यानमा राखेर बजेट ल्याउन सरकारलाइ सुझाब दिएका हुन् ।

नीति तथा कार्यक्रम र बजेट जतिसुकै राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै यसलाई सामना गरेर जानुपर्ने उनीहरूको धारणा थियो । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले राजनीतिक आग्रहपूर्वाग्रह राखेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आएको भन्दै सच्याउन माग गरेका छन् ।

यसैबीच राष्ट्रिय सभामा भने पूर्व बजेटमाथिको छलफल हिजो सकिएको थियो । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले छलफलका क्रममा आएका सुझावलाई समावेश गर्दै बजेट ल्याउने प्रतिवद्धता जनाउनुभयो । राष्ट्रिय सभाको आजको बैठक भने दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..