नेपाल र कम्बोडियाबीच समझदारीपत्रमा हस्ताक्षर, पर्यटन प्रवर्द्धन र व्यापार विस्तारमा जोड

काठमाडौ । नेपाल र कम्बोडियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई देशले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्याउने विषयमा सहमति गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरे ।

त्यसैगरी, नेपाल चेम्बर अफ कमर्स र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारी पत्रमा हस्ताक्षर भयो । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारी पत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरेका थिए । रासस

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..