मुगु र हुम्लाका ग्रामीण भेगमा निशुल्क आँखा शिविर

मुगु । हिमाली जिल्ला मुगु र हुम्लाका ग्रामिण बस्तीमा नि शुल्क आँखा शिविर सञ्चालन हुँदा स्थानीय खुसी भएका छन् । गाउँमै निशुल्क आँखा जाँच गर्न पाउँदा स्थानीय खुसी भएका हुन् ।

बैशाख २० गते देखि नेपाल रेडक्रस सोसाईटी आँखा अस्पताल सुर्खेतको टोलीले मुगु र हुम्लाका गाउँ बस्तीमा पुगेर निशुल्क शिविर सञ्चालन गरिरहेको छ ।

२० गते हुम्लाको ताँजाकोट गाउँपालीकाबाट निशुल्क आँखा शिविर सुरु गरेको टोली अदानचुलि गाँउपालिका हुदै यति बेला मुगुको सोरुगाउँपालीकामा आइपुगेको छ । आँखा शिविरबाट २ हजार बढीले सेवा लिएका छन् । मोतिया विन्दु भएका १ सय ५६ जनाको शल्यकृया गरिएको छ ।

मुगुको सोरु गाउँपालिकामा ४० जनाको शल्यकृया गरिएको छ भने हुम्लाको ताजाँकोटमा ५१ जना र अदाँनचुलिमा ५६ जनाको सफल शल्यकृया गरिएको उपचारमा संलग्न डा शक्ति प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..