
ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाका वडा सदस्यलाइ बलात्कारको आरोप लागेको छ ।
लिखु गाउँपालिका वडा नं. ३ का वडा सदस्य विष्णु श्रेष्ठ एक युवती बलात्कारको आरोपमा पक्राउ परेका हुन् । लामो समयदेखि फरार रहेका श्रेष्ठलाई हिजो ओखलढुंगा सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिनुभयो ।
सदस्य श्रेष्ठले उनकै ईट्टा कारखानामा काम गर्ने एक युवतीलाई बलात्कार गरेको आरोप लागेको हो । कार्य क्षेत्रमै गत चैत ७ गते बलात्कार गरेको पीडित युवतीले ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
लामो समय सम्म घरपरिवार बाट समेत सम्पर्क विहिन भएका आरोपित श्रेष्ठलाई प्रहरी कार्यालयमा नै आउदै गर्दा प्रहरीले नियान्त्रण गरेको उनका छोराले बताएका छन् । आरोपित श्रेष्ठलाई पक्राउ गरी घटनाका विषयमा थप अध्ययन अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।