सल्यानमा आगलागीमा घाइतेको उपचारका क्रममा मृत्यु

सल्यान । सल्यानमा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा घाइते भएका खगेन्द्र बोहराको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ मा रहेको इन्द्रेणी सामुदायिक वनमा शनिबार लागेको डढेलो नियन्त्रण गर्ने क्रममा जलेर घाइते भएका रामकाँडाका ४७ वर्षीय खगेन्द्र बोहराको उपचारको क्रममा मृत्यु भएको हो ।

उहाँको उपचारको क्रममा काठमाडौंको कीर्तिपुर अस्पतालमा आज बिहान मृत्यु भएको छत्रेश्वरीगाउपालिका ६ का वडाध्यक्ष चुडामणि दसौदीले जानकारी दिनुभयो ।

बोहरालाई सल्यान अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागी नेपालगञ्ज हुदैँ काठमाडौं लगिएको थियो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..