रिसोर्टको चार कोठाबाट विभिन्न धनमाल चोरी

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-३ स्थित पार्क भिलेज रिसोर्टका ४ वटा कोठामा बसेका व्यक्तिहरुको विभिन्न धनमाल सोमबार राति चोरी भएको छ ।

उक्त रिसोर्टको कोठा नम्बर ९०२ मा बसेका डम्बर गुरुङको नगद १५ हजार, हेन्डब्याग तथा एटिएम कार्ड २ थान, कोठा नम्बर ९०४ मा बसेका नेपाली मूलका भारतीय नागरिक भिम बहादुर प्रधानको भारतीय रुपैयाँ ५ हजार, ड्राइभिङ लाइसेन्स, पासबुक, एटिएम कार्ड तथा हेन्डब्याग, कोठा नम्बर ९०६ मा बसेका नेपाली मूलका भारतीय नागरिक संजय तामाङको नगद ४ हजार, मोबाइल १ थान तथा लाइसेन्स, कोठा नम्बर ३११ मा बसेका नेदरल्याण्ड नागरिक एलिसन इलालिमनको नगद ५ हजार, ड्राइभिङ लाइसेन्स, क्रेडिट कार्ड तथा आईफोन र अमेरिकी नागरिक क्रिस्ट्रिना उइल हेल्मी निमाको आईफोन चोरी भएको बताइएको छ ।

चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..