मोटरसाइकल चोरी गर्ने समूहका ३ जना प्रहरी फन्दामा

काठमाडौं । गोकर्णश्वर नगरपालिका-८ अत्तरखेलमा पार्किङ गरी राखेको प्रदेश नम्बर ३-००२- ००३ प.८१३१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा कागेश्वरी नगरपालिका-१ गागलफेदीबाट ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-५ पालुवारी घर भएका २६ वर्षीय तिलक बहादुर तामाङ, सोही नगरपालिका-४ जर्सिङपौवा बस्ने २२ वर्षीय निराजन ओझा र गागलफेदी बस्ने १८ वर्षीय महोम्मदसजाद खान रहेका छन् ।

उक्त मोटरसाइकल शनिबार चोरी गरी सोही ठाउँस्थित मर्मत केन्द्रमा लुकाईछिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बिट गागलफेदी समेत खटिएको प्रहरीले कागेश्वरी नगरपालिका-१ स्थित मोटरसाइकल मर्मत केन्द्रमा जाँच गर्ने क्रममा उक्त मोटरसाइकलका पार्टपूर्जाहरु अलग्याईएको अवस्थामा फेला पारेको हो । मर्मत केन्द्रबाट अन्य मोटरसाइकलका विभिन्न पार्टपूर्जा समेत प्रहरीले बरामद गरेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..