
एजेन्सी ३१ वैशाख। पपुवा न्यू गिनीको सामुद्रिक क्षेत्रमा शक्तिशाली भूकम्प गएको बताईएको छ ।
अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) ले बताए अनुसार मङ्गलबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पपछि उक्त क्षेत्रमा खतरनाक सुनामीका तरङ्ग उत्पन्न हुनसक्ने प्यासिफिक सुनामी वार्निङ सेन्टरले चेतावनी दिएको छ ।
भूकम्पको केन्द्रबिन्दु पपुवा न्यू गिनीको उत्तरपूर्वी कोकोपो टापूमा पृथ्वीको सतहदेखि ४४ किलोमिटरको गहिराइमा रहेको यूएसजीएसले जनाएको छ ।
मानवीय तथा भाैतिक क्षतिबारे पूर्ण जानकारी भने आइसकेकाे छैन । गत वर्ष पपुवा न्यू गिनीमा ७.५ म्याग्निच्यूडकाे भूकम्प गएकाे थियाे । त्यसबेला १५० जनाकाे ज्यान गएकाे थियाे भने ३५ हजारभन्दा बढी मानिस घरबार बिहिन भएका थिए ।