थाहा पाइराख्नुस् आजको मौसमसम्बन्धी जानकारी, आज पनि हल्का वर्षा हुन सक्ने

काठमाडौ । आज काठमाडौ उपत्यका लगायत देशका विभिन्न भागमा आंशिक पानी पर्ने संभावना रहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार दिउसो गर्मी भएपनि साँझपख केही स्थानमा छिटपुट पानी पर्नेछ । त्यस्तै पहाडी भेगमा सामान्य मेघ गर्जन हुनेछ भने तराइमा सामान्य हावहुरी चल्नेछ ।

जेष्ठ ०१ गते (बुधबार)
दिउँसो: देशको पूर्वी र मध्य भूभाग तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी र मध्य भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
राति: देशका पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलि र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बँंकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी भूभागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०२ गते (बिहिबार)
दिउँसो: देशको पूर्वी र मध्य भूभाग तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भूभागमा आंशिक बदलि रहनेछ । देशका पूर्वी र मध्य भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
राति: देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ । देशका पूर्वी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०३ गते (शुक्रबार)
दिउँसो: देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी र पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
राति: देशका पहाडका भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..