विश्वमै पहिलोपल्ट एसिया कप ट्वान्टी–२० ह्विलचियर क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदै

काठमाडौ । विश्वमै पहिलोपल्ट एसिया कप ट्वान्टी–२० ह्विलचियर क्रिकेट आजबाटर सुरु हुँदैछ ।

नेपाल ह्विलचियर किकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

जेठ ४ सम्म चल्ने एसिया कपमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका राष्ट्रिय टिमले सहभागिता जनाउने छन् ।

आज हुने हिलो खेलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्ने छ । दोस्रो खेलमा बंगलादेश–पाकिस्तानबीच हुनेछ ।

क्रिकेटको अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइने भए पनि बाउन्ड्री ५० मिटर र पिच १८ यार्डको हुने आयोजकले जनाएको छ । लिग चरणबाट शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..