एएफसी कप फुटबलको चौथों खेलमा लिग च्याम्पियनअन्तर्गत आज मनाङ र मिनर्वा खेल्दै

काठमाडौ । एएफसी कप फुटबलको चौथाें खेलमा लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र भारतीय क्लब मिनर्वा पञ्जावबीच आज प्रतिस्पर्धा हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल अपरान्ह ३ बजेबाट सुरु हुनेछ । समूह ई मा रहेको मनाङ समूहको पुछारमा रहेको छ । मनाङले ३ खेलमा १ अङ्क जोडेको छ । मिनर्वा ३ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसअघि भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको पहिलो लेगको खेलमा मनाङ र मिनर्वाले २÷२ गोलको बराबरी खेलेका थिए ।

घरेलु मैदानमा भने मनाङ ३ अङ्क जोड्ने लक्ष्यमा रहेको छ । दुई खेलमा जित र एक बराबरी खेलेको चेन्नईन ७ अङ्कका साथ शीर्ष स्थानमा छ । समुह ई को विजेताले मात्रै अघिल्लो चरणको यात्रा तय गर्नेछ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..