भारतबाट ल्याउँदै गरेको अवैध भैंसी रौतहट प्रहरीको नियन्त्रणमा

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भैंसी, पाडो र पाडीलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपमा भैंसी र पाडोपाडी ल्याइरहेको गोप्य सूचनाको आधरमा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेड क्वाटर रौतहटबाट खटेको टोलीले जिल्लाको इशनाथ नगरपालिका वडा नं ३ डुमरीयाबाट २ वटा भैंसी र १६ वटा पाडोपाडी नियन्त्रणमा लिएको छ ।

प्रहरीलाई देख्ने वितिकै तस्कारले भैसी र पाडोपाडी त्यहि छाडेर फरार भएका थिए । नियन्त्रणमा लिइएको भैंसी र पाडोपाडी तीन लाख १० हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..