पर्वतका ४० होमस्टेसँग अनुदान सम्झौता

पर्वत । गण्डकी प्रदेश सरकारको होमस्टे प्रवर्द्धन कार्यक्रममा पर्वतका ४० वटा होमस्टेले अनुदान सम्झौता गरी पहिलो किस्ताको अनुदान लिएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होमस्टेको स्तरोन्नतीका लागि जिल्लाका ४२ वटा होमस्टे छनौट गरि बजेट विनियोजन गरेको थियो । ती मध्ये दुई वटा होमस्टे बाहेक अरुले अनुदान सम्झौता गरेर पहिलो किस्ताको जनही ३ लाख रुपैयाँ रकम बुझेका हुन् ।

डिभिजन वन कार्यालय मार्फत अनुदान सम्झौता र अनुदान वितरण भैरहेको छ । डिभिजन वन कार्यालयका प्रमुख अशोक श्रेष्ठका अनुसार एउटा होमस्टेले १० लाख रुपैयाँको दरमा अनुदान पाउने छन् ।

३ किस्तामा अनुदान दिने कार्यविधि रहेको श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश सरकारले चालु वर्ष गण्डकी प्रदेशका ११ वटा जिल्लामा तीन सय वटा होमस्टेको स्तरबृद्धि गर्न भन्दै प्रति होमस्टेलाई १० लाखको दरले अनुदान वितरण गर्ने कार्यविधि बनाएको थियो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..