डडेल्धुराका ३७ सामुदायिक विद्यालयमा मेसिनमार्फत अध्यापन

डडेल्धुरा । विद्यार्थीलाई पढाईमा आकर्षित गर्न सामुदायिक विद्यालयमा आधुनिक मेसिनको प्रयोग गर्न थालिएको छ ।

डेल्धुराका ३७ सामुदायिक विद्यालयहरुमा मेसिनमार्फत अध्यापन भईरहेको छ । डडेल्धुराका ७ स्थानीय तह मध्ये गन्यापधुरा गाउँपालिमा सम्पुर्ण २४ वटै विद्यालयमा मेसिनमार्फत पढाई भईरहेको गाउँपालिका अध्यक्ष नवल बहादुर मल्लले बताउनुभयो ।

सदमुकामको अमरगढी नगरपालिकाका ११ विद्यालयमा टकिङ टिचर मेसिनमार्फत अध्यापन गराई रहेको अमरगढी नगरपालिको शिक्षा शाखले जनाएको छ ।

यस्तै नवदुर्गा गाउँपालिको २ वटा परिक्षणका रुपमा लागु गरेको र राम्रो भए सम्पुर्ण विद्यालयमा लागु गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष कवेन्द्र विष्टले बताउनुभयो ।

पछिल्लो समय सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घट्दै गएका बेला स्थानीय तहले विद्यालयमा मेसिनबाटै पढाउन सकिने प्रविधि भित्र्याएको हो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..