१३ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

दोलखा । १३ वर्षिया बालिका बलात्कारको आरोपमा दोलखाबाट एक जना पुरुष पक्राउ परेका छन् । दोलखाका १३ वर्षिया बालिका बलात्कारको आरोपमा ४३ वर्षका पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालिकाका दाईले आफ्नी बहिनी बलात्कृत भएको भन्दै हिजो दोलखा प्रहरीमा किटाणी जाहेरी दिएका थिए । जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरी टोलीले ती पुरुषलाई उनको घरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका पुरुषलाई म्याद थप गरी अनुसन्धान कार्य अघि बढाएको दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

त्यसैगरी ७ वर्षदेखि आफ्नै छोरीलाई बलात्कार गर्दै आएका बुबालाई दोलखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । वैशाख ५ गते बिहीबार सदरमुकाम चरिकोटबाटै पक्राउ परेका पुरुषलाई दोलखा जिल्ला अदालतले कारागार दोलखामा पुर्पक्षका लागी थुनामा पठाएको हो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..