प्रधानमन्त्री ओलीद्वारा कम्बोडियाको विन विन मोनुमेण्ट अवलोकन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कम्बोडियाको विन–विन–मोनुमेण्ट भ्रमण गरेका छन्। चोरी चान्भर जिल्लामा रहेको सो स्मारक सन् १९९८ डिसेम्बर २९ मा कम्बोडियाको गृहयुद्ध समाप्त भएको बारे सम्बन्धित छ।

सो क्षेत्रमै मारोडोक डेको नेशनल स्पोर्टस कम्प्लेक्स रहेको छ जहाँ सन् २०२३ मा दक्षिणपूर्वी एशियाली खेलकूद हुने र चाँडै नोम पेन्ह सेटलाइट टाउन बन्ने कम्बोडियाका अधिकारीले बताएका छन्।

सो स्मारकले आउँदो पुस्तालाई एउटा राम्रो शिक्षा दिएको छ जसले कम्बोडियाको राष्ट्रिय मेलमिलाप, स्वतन्त्रता, एकता, सार्वभौमिकता, विकास र समृद्धिलाई प्रतिनिधित्व गर्छ।

उक्त स्मारक एक करोड २० लाख डलरमा निर्माण भएको हो जुन सम्पूर्ण कम्बोडियालीको संयुक्त उपलब्धि मानिन्छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..