युवा संगठनहरुको एकीकरण दुई दिनभित्र सक्ने तयारीः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका युवा संगठनहरुको एकीकरणको काम दुई दिन भित्र टुंगो लगाइने घोषणा गरे । अध्यक्ष दाहालले जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई पनि २ दिन भित्र सम्पन्न गर्न आफूले जोड दिएको पनि स्पष्ट पारे ।

उनले मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टीका सबै जनवर्गीय संगठनहरुको एकीकरणको काम सम्पन्न हुने गरी मंगलबार बिहान पार्टीको सचिबालयको बैठक बोलाइएको पनि जानकारी दिए ।

युवा संघ, नेपालको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मदन भण्डारी स्मृति दिवसको दिन युवा संगठनहकरुको एकीकरण भने हुने घोषणा पनि गरे । अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले पार्टीका नेताहरु केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको स्मरण पनि गराए । उनले आफूले केही गर्न खोजेको उल्लेख गर्दै पार्टीका नेताहरुको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताए । तर उनले के गर्न खोजेको हो भन्ने चाँही स्पष्ट पारेनन् । अध्यक्ष दाहालले जनता र राष्ट्रको चाहना र भावनाको जगमा दुई पार्टीबीच एकता भएको पनि स्पष्ट पारे ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..