एसिया कप व्हिल चियर टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपाल पराजित

काठमाडौ । एसिया कप व्हिल चियर टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आज भएको उद्घाटन खेलमा नेपाल भारतसंग ६ विकेटले पराजित भएको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य भारतले १५ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । नेपालका लागि कप्तान दिगम सिंह चेम्जोङले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

पहिलो पटक आयोजना भएको एसिया कप व्हिल चियर टी ट्वान्टी क्रिकेटमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..