
काठमाडौ । दक्षिण कोरियाको ग्वाङजुमा आयोजना हुने १८ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल पौडी संघले आज प्रेस विज्ञप्ति निकाल्दै च्याम्पियनसिपमा २÷२ महिला र पुरुष गरि ४ खेलाडीले सहभागीता जनाउने जानकारी गराएको हो । च्याम्पियनसिपमा महिलातर्फ गौरिका सिंह र सोफिया शाह तथा पुरुषतर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर शाहले सहभागिता जनाउने छन् ।
आठौं राष्ट्रिय खेलकुद अन्तरगत सम्पन्न २१ औ राष्ट्रिय पौडी च्याम्पियनसिपमा खेलाडीहरुले प्राप्त गरेको उत्कृष्ट समयका साथ फिना अंकलाई आधार मानि खेलाडी छनोट गरिएको संघले जनाएको छ ।