तराईमा अत्याधिक गर्मी जनजीवन प्रभावित

रौतहट । रौतहट सहित तराईका जिल्लामा अत्याधिक गर्मीका कारण मानिसहरु विरामी पर्न थालेका छन् ।

चर्को घामसँगै बढेको अत्याधिक गर्मीले मानिसहरुमा मुर्छा पर्ने, टाउँको दुख्ने, झाडापखाला लगायतका समस्या देख्नुका साथै भाईरल ज्वरोको प्रकोप बढेको छ ।

गर्मीले बृद्धबृद्धा र बच्चाहरु बढी विरामी हुन थालेका छन् । गर्मीका कारण बिरामी भएर दैनिक अस्पताल भर्ना हुनेहरु बढेको चिकित्सकहरुले बताएका छन् । अस्पतालहरुमा विरामीको चाप बढेपछि शैयाको पनि अभाव हुन थालेको छ ।

दैनिक ज्याला, मजदुरी गरी खाने ठेला, रिक्साका मजदुरहरुलाई झनै समस्या भएको छ । गएको एकसाताभन्दा बढी दिनदेखि बर्षा रोकिएसँगै बढेको अत्याधिक गर्मीले यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..