एकल विन्दु सेवा केन्द्र सञ्चालनमा, यस्ता सेवा उपलव्ध

सरकारले नीति तथा कार्यक्रममा घोषणा अनुरुप लगानी प्रवर्द्धन तथा कानुनी प्रक्रिया सहजीकरणका लागि एकल विन्दु सेवा केन्द्र आजबाट सञ्चालनमा आएको छ ।

परियोजनाको अनुमति, समझदारीपत्र, लगानी अनुमति, वा सम्झौता लगायत काम गर्ने परियोजनालाई सहयोग एवं सहजीकरणका लागि केन्द्रको स्थापना गरिएको हो ।

उद्योग विभागको महानिर्देशक कार्यकारी प्रमुख रहने केन्द्रमा महानिर्देशक मातहत निर्देशक सहित १९ जना कर्मचारी रहनेछन् । यसको भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभाग परिसरमा निर्माण भइरहेको एकद्वार प्रणाली केन्द्रमा ८ वटा युनिट रहनेछन् । यसमा उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण, भिषा सहजीकरण, पूर्वाधार, जग्गा प्रशासन, भन्सार तथा राजश्व र प्रशासन तथा कानून ईकाइ रहने जानकारी मन्त्रालयले दिएको छ ।

लगानीकर्ताको पुँजी परिचालन, श्रम सम्बन्ध सहितका विषयका काम केन्द्रबाट हुनेछ । एकद्वार प्रणालीको खाका मन्त्रिपरिषदबाट पारित भइसकेको छ ।

सरकारी निकायको झन्झटिलो प्रक्रियाका कारण उत्साहित भएर आएका लगानीकर्ता पनि हतोत्साहित हुने अवस्था हटाउन एकद्वार प्रणालीको परिकल्पना गरिएको हो ।

उद्योगी तथा व्यवसायीले लामो समयदेखि माग गर्दै आएको एकल सेवा बिन्दुको प्रावधान नयाँ औद्योगिक व्यवसाय ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनहरुमा समेटिएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..