पार्टी एकताको बाँकी रहेका काम पर्सीसम्ममा सकिने नेकपाका नेताको दाबी

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताले पार्टी एकताको बाँकी रहेका काम पर्सीसम्म सम्पन्न भइसक्ने बताएका छन् ।

तत्कालिन एमाले सम्वद्ध युवा संघ नेपालको २९ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेताहरुले पार्टी एकीकरण अब टुंगिने बताएका हुन् ।

कार्यकर्तालाई सम्बोधन गर्दै नेकपाका महासचिव बिष्णु पौडेलले पर्सी पार्टी एकीकरण टुंगिएको घोषणा हुने बताउनुभएको हो । एक वर्षअघि जेठ ३ गते नै नेकपा एमाले र माओवादीबीच एकीकरण भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेता माधव नेपाल र झलनाथ खनालले पनि जनवर्गीय संगठनको एकीकरण तत्कालै टुंगो लाग्ने बताएका छन् ।

खनालले जेठ ३ मा केही गरी नसकिएपनि जेठभित्रमा सबै काम सकिने बताउनुभयो । नेकपाका अधिकांश कमिटी एकीरकण भए पनि जनवर्गीय संगठनको एकीकरण बाँकी रहेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..