
काठमाडौ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले मिडिया काउन्सिल सम्बन्धी विधेयक अगाडि बढाए सदन र सडकबाट विरोध गर्ने जनाएको छ ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकले मानवअधिकार आयोग, मिडिया काउन्सिल र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकको विरोध गरेको हो ।
मिडिया काउन्सिल विधेयकले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुन्ठित गर्ने काँग्रेसले ठहर गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनुभयो ।