जिल्ला प्रशासन कार्यालय प्यूठानमा स्तनपान कक्ष सञ्चालनमा

प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानले जिल्लामै पहिलो पटक स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ ।

कार्यालयले महिला सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरेर स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो ।

पछिल्लो समय लैङ्गिक समानताको बिषयमा कुरा उठिरहेको बेला प्रशासन कार्यालयले कार्यालय परिसर भित्रै स्तनपान कक्षको ब्यबस्था गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैहे्रले जानकारी दिनुभयो ।

कार्यालय तथा सेवा प्रवाहलाई महिलामैत्री बनाउने उदेश्यले स्तनपान कक्ष सञ्चालन गरेको गैह्रेले बताउनुभयो । कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीले बच्चालाई दुध चुसाउन सहज बनाउन स्तनपान कक्ष बनाईएको हो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..